जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
दिन बित्यो, महिना बित्यो, वर्ष पनि बित्यो
दिन बित्यो, महिना बित्यो, वर्ष पनि बित्यो
बिर्सिएर गए पनि तिम्रै यादले जित्यो
हो, बिर्सिएर गए पनि तिम्रै यादले जित्यो
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
थाहा छैन हिजो माया के गरेर बस्यो
थाहा छैन हिजो माया के गरेर बस्यो
आज माया साउन बनी आँखाबाट खस्यो
हो, आज माया साउन बनी आँखाबाट खस्यो
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
पहिले तिमी एक्लै हुँदा माया खोज्दै आयौ
पहिले तिमी एक्लै हुँदा माया खोज्दै आयौ
अहिले मलाई बिर्साइदिने कसको माया पायौ?
हो, अहिले मलाई बिर्साइदिने कस्को माया पायौ?
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाँदाखेरि भिरको बाटो क्यारी गए होला
जाँदाखेरि भिरको बाटो क्यारी गए होला
माया गर्ने मुटु छुट्दा कस्तो भए होला
हो, माया गर्ने मुटु छुट्दा कस्तो भए होला
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
"तिमीबिना मर्छु" भनी कसम खाने तिमी
"तिमीबिना मर्छु" भनी कसम खाने तिमी
एकै बचन नसोधेर जाने पनि तिमी
हो, एकै बचन नसोधेर जाने पनि तिमी
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
अलिकति उसको गल्ती, अलिकति मेरै
अलिकति उसको गल्ती, अलिकति मेरै
नपाउने मायालुको झल्को धेरैधेरै
हो, नपाउने मायालुको झल्को धेरैधेरै
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
"तिमीबिना मर्छु भन्थेँ", मर्दिनँ भो अब
"तिमीबिना मर्छु भन्थेँ", मर्दिनँ भो अब
मैंले पनि आइनो-काइनो गर्दिनँ भो अब
हो, मैले पनि आइनो-काइनो गर्दिनँ भो अब
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
"अब नाता छैन" भनी बाचा कबुले नि
"अब नाता छैन" भनी बाचा कबुले नि
मनले माया गरिदिनू मुखले नबोले नि
हो, मनले माया गरिदिनू मुखले नबोले नि
हा, जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै (हा)
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै
जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै