menu-iconlogo
huatong
huatong
narayan-gopal-manchhe-ko-maya-cover-image

Manchhe ko Maya

Narayan Gopalhuatong
patrinamayinpahuatong
Letra
Gravações
मान्छेको माया यहाँ

खोलाको पानी जस्तो

किनारालाई छोई भाग्ने

लहरेको बानी जस्तो..

मान्छेको माया यहाँ

आँखाको नानी जस्तो

यो रात भगाई आउने

सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो

तिर्खाको राम्रो अर्को

एक भेष मात्र नै हो

एक भेष मात्र नै हो

तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन

तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन

मान्छेको माया यहाँ

खोलाको पानी जस्तो…

किनारालाई छोई भाग्ने…

लहरेको बानी जस्तो…

मायाको विशालता यो आकाश धर्ती नै हो

माया त सत्य सुन्दर

आत्माको मुर्तिनै हो

आत्माको मुर्तिनै हो

तिमी पानीलाई आकार दिने कोशिस नगर

तिमी हावालाई सब भार दिने कोशिस नगर

मान्छेको माया यहाँ मान्छेको माया यहाँ

आँखाको नानी जस्तो खोलाको पानी जस्तो

यो रात भगाई आउने किनारलाई छोई भाग्ने

सुन्दर विहानी जस्तो लहरेको बानी जस्तो

Mais de Narayan Gopal

Ver todaslogo