menu-iconlogo
huatong
huatong
avatar

यदि धेरै मायाँ दियाै Yati Dherai Maya -Asha Bhosle & Prakas Stha

Nepali Talimhuatong
♑️Ram_राम🌟NP🇳🇵huatong
Letra
Gravações
कन्यादन चलचित्रबाट आशा भोष्ले र प्रकास श्रेष्ठको स्वरमा रहेको गीत यतिधेरै मायाँ दिएउ बाँच्ने रहर जाग्न थाल्यो

१.......

केटी–

यति धेरै मायाँ दियौ, बाँच्ने रहर बढ्न थाल्यो

धेरै पछी जीन्दगीमा, घामको लालि चढ्न थाल्यो

यति धेरै मायाँ दियौ...

२......

केटी–

यस्तो लाग्थ्यो संसारमा, मेरो आफ्नो कोही छैन

सिन्दुर चुरा टिका पोते, भाग्यमानै मेरो छैन

केटा–

डुबी हेर..... अ.अ..अ

डुबी हेर आफैं भित्र सोह्र श्रिंगार तिम्रो नै हो

इश्वरको उपहार हाँसो खुसी तिम्रो नै हो

केटी–

यति धेरै मायाँ दियौ, बाँच्ने रहर बढ्न थाल्यो

यति धेरै मायाँ दियौ...

३...........

केटी –आ.. आ... आ...आ....

झरना खोला बर्ख बिच, तिर्खाएर बाँचेकोथेँ

फुल्नु भन्दा पहिलानै, बैलाएर झरेको थेँ

केटा–

प्यारो प्यारो ...ओ...ओ.....ओ

प्यारो प्यारो लाग्छ जीबन, उमंगको बक्ती बाल

लक्ष आफैं भेटीनेछ, उत्साहको पाईला चाल

केटी–

यति धेरै मायाँ दियौ, बाँच्ने रहर बढ्न थाल्यो

यति धेरै मायाँ दियौ...

४.....

केटी–

प्रेम के हो मायाँ के हो, भर्खरैपो थाहा पाएँ

किन जन्मे किन हुर्केँ, रहस्ययो थाहा पाएँ

केटा–

आशा इक्छा आ...आ..आ..आ

आशा इक्छा छर्दै आउँछ, संसारमा विहानी यो

हाम्रो जीवन केही हैन, मायाँ प्रेमको कहानी हो

केटी–

यति धेरै मायाँ दियौ, बाँच्ने रहर बढ्न थाल्यो

धेरै पछी जीन्दगीमा, घामको लालि चढ्न थाल्यो

यति धेरै मायाँ दियौ...

धन्यवाद

नेपाली तालिम

Mais de Nepali Talim

Ver todaslogo