menu-iconlogo
huatong
huatong
Letra
Gravações
यो कथाले पीडा हुन सक्छ

यो कथाले मन पोल्न सक्छ

यो कथाले आँसु झर्न सक्छ

यो कथाले पीर पर्न सक्छ

हो, जसको मन कोमल हुन्छ

जसको मन कमल हुन्छ

ऊ बुझेर रुन्छ, रुन्छ

रेटिँदै छ

रेटिँदै छ सारङ्गी धुन

गरीबको कहानी, लौ, सुन

हो, गरिबको कहानी, लौ, सुन

दुःखमाथि दुःख पर्दा कति चोटि रुनी?

(बाबा, कापी सकियो)

दुःखमाथि दुःख पर्दा कति चोटि रुने?

दैवले नि टप्प टिपी लगे पनि हुनी, लगे पनि हुनी

रेटिँदै छ

पासो लगाई मरम् भने छोराछोरी साना

साँझ चुलो क्यारी बल्ला? टुट्छ एकै माना, टुट्छ एकै माना

रेटिँदै छ

रेटिँदै छ सारङ्गी तार

रैछ, बरै, सुखीकै संसार

होइ, रैछ, बरै, सुखीकै संसार

दुःखीलाई नै रैछ, बरै, यी आँसु सुहाउने

दुःखीलाई नै रैछ, बरै, यी आँसु सुहाउनी

कस्तो बेला आयो, बरै, संसारलाई रुवाउनी, संसारलाई रुवाउनी?

रेटिँदै छ

न त आफ्ना आफ्ना भए, पराई वैरी नै छन्

कसले भुलाइदेला, रिमै, रोएको भित्रीमन, रोएको भित्रीमन?

रेट्दै छु म

रेट्दै छु म सारङ्गी धुन

मलाई हेरी को सक्छ नरुन?

हो, मलाई हेरी को सक्छ नरुन?

तुना-चप्पल चुँडिएर उतै फाली आइछु

तुना-चप्पल चुँडिएर उतै फाली आइछु

तानको चोली फाट्या, हजुर, टालीटाली लाइछु, टालीटाली लाइछु

रेटिँदै छ

यो साल नयाँ चोली फेर्ने रहर मात्रै भयो

सानै थियो खरको झुप्रो पहिरोले लयो, पहिरोले लयो

दुखियालाई

दुखियालाई दुःखैको भारी

भइयो, हजुर, न वारि न पारि

हो (हे), भइयो, हजुर, न वारि न पारि

ज्वरो आयो भन्छ छोरा, छैन सिटामोल

ज्वरो आयो भन्छ छोरा, छैन सिटामोल

पियारीको मनको घाउ क्यारी निको होला? क्यारी निको होला?

रेट्दै छु म

सुख भन्ने यो जुनीमा पर्दैन कि फेला

मर्दा लास छोप्ने टालो कसले किनिदेला? कसले किनिदेला?

गरीबको

गरीबको यस्तै गीत गाउनेछौँ

बाँच्यौँ भने अर्को साल आउनेछौँ

हो (हे), बाँच्यौँ भने अर्को साल आउनेछौँ

Mais de Shree Krishna Bam Malla/shanti shree pariyar

Ver todaslogo

Você Pode Gostar