बदनाम भएँ म तिम्रै कारणले, बरबाद भएँ म तिम्रै कारणले

तिमी मान या नमान, धोकेबाज, पागल हुँदै छु म तिम्रै कारणले

यौवनको आवेगमा, आएर आवेशमा बेहोश-बेहोश भई अँगाल्यौ तिमीले

होमिएँ बत्तीमा पुतली बनेर, रमाईरमाईकन जलायौ तिमीले
जब मायामा अप्ठ्यारो आयो, जब समाजले औँला उठायो
आफूलाई निर्दोष देखायौ, धोकेबाज, दोष सबै मलाई लगायौ तिमीले
बदनाम भएँ म तिम्रै कारणले, बरबाद भएँ म तिम्रै कारणले
तिम्रो बेइमानी, समाजको तिरस्कार, म हिँड्न सकिन ठाडो शिर पारेर

जाऊँ म कहाँ? बाँचूँ म कसोरी? रोऊँ म कति यी आँसु झारेर?
स्वार्थ रहेछ तिम्रो मायामा, कपट रहेछ तिम्रो त्यो मनमा
मेरो पीडामा रमायौ, धोकेबाज, पलपल मलाई त रुवायौ तिमीले