दुनियाँले आँखै लगाउने, ओहो, जादू रैछ मुहारमा प्यासै भगाउने
हो, माया, जादू रैछ मुहारमा प्यासै भगाउने
हो-हो-हो, हो-हो-हो-हो, हो-हो-हो-हो
हो-हो-हो, हो-हो-हो-हो, हो-हो-हो-हो-हो
ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला-ला-ला
Hmm, ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला-ला-ला
हो, जिन्दगीमा पहिलो चोटी
जिन्दगीमा पहिलो चोटी उनलाई मन पराएँ
उनकै सारा संसारमा आफैलाई हराएँ
मेरो मनको फूलबारी नि थियो खाली-खाली
मर्स्याङ्दीको छालजस्तै आयौ हाम फाली
हो-हो-हो, ला-ला-ला, mm-hm
दुनियाँले आँखै लगाउने, हो, जादू रैछ मुहारमा प्यासै भगाउने
ए माया, जादू रैछ मुहारैमा प्यासै भगाउनी
ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला-ला-ला
Mmm, हो, हो, हो, हो-हो, हो-हो-हो
हो, रारा, फेवा, सगरमाथा
रारा, फेवा, सगरमाथा तिमीभित्र देख्छु
तिम्रै नाममा एउटा कथा आजैबाट लेख्छु
आँखाभित्र घुमिरहन्छौ, दिलभित्रै बास
तिम्रै नाममा धड्किनेछ मेरो हरेक सास
हो-हो-हो, ला-ला-ला, mm-hm
दुनियाँले आँखै लगाउने, ओहो, जादू रैछ मुहारमा प्यासै भगाउने
हो, माया, जादू रैछ मुहारमा प्यासै भगाउने
हो, हो, हो
ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला-ला-ला
Hmm, ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला-ला-ला
हो, पूर्णिमाको चन्द्रजस्तै
पूर्णिमाको चन्द्रजस्तै धपक्कै बलेकी
मोती दाना, दन्ते लहर, आकाशझैँ खुलेकी
खाइलाग्दो ज्यान तिम्रो, मन हर्ने रूप
तिमी भए शीतल हुन्छ वैशाखकाे धूप
हो-हो-हो, ला-ला-ला, mm-hm
दुनियाँले आँखै लगाउने, ओहो, जादू रैछ मुहारमा प्यासै भगाउने
हो, माया, जादू रैछ मुहारमा प्यासै भगाउने
हो, माया, जादू रैछ मुहारमा प्यासै भगाउने
ए माया, जादू रैछ मुहारमा
प्यासै भगाउने