हो, हो-हो, हो, हो-हो
ओइलिएर झऱ्यो आज पिरतीको फूल
जिन्दगीमा माया गर्नु भयो ठूलो भूल
सोचेजस्तो हुन्न जीवन, साँच्चै हो र कि?
अचानोलाई खुकुरी, भयो पिरती
अचानोलाई खुकुरी, भयो पिरती
मेरो मनमा छैन पाप, मान कि नमान
तिम्रै लागि सुम्पिएको छु नि मेरो ज्यान
सोचेजस्तो हुन्न जीवन, साँच्चै हो र कि?
अचानोलाई खुकुरी, भयो पिरती
अचानोलाई खुकुरी, भयो पिरती
यो मुटुमा चोट लाग्दा परेलीमा आँसु
मनमा हजार दुःख राखी म कसरी बाँचूँ?
सोचेजस्तो हुन्न जीवन, साँच्चै हो र कि?
अचानोलाई खुकुरी, भयो पिरती
अचानोलाई खुकुरी, भयो पिरती
मेरो भन्ने तिमी नै हौ, अरू को नै छ र?
औँला काटी सिउँदो भरे मान्दिनौ र भर?
सोचेजस्तो हुन्न जीवन, साँच्चै हो र कि?
अचानोलाई खुकुरी, भयो पिरती
अचानोलाई खुकुरी, भयो पिरती