हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुबै मिलेर
भन्न सक्छन प्रभु धन्यबाद
हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुबै मिलेर
भन्न सक्छन प्रभु धन्यबाद
खेतका आली हरु, अन्न र बाली हरु
बादल वृष्टि र बतासहरु
खेतका आली हरु, अन्न र बाली हरु
बादल वृष्टि र बतासहरु
चरा चुरुङी उड्रदै माथी आकाश छुॅदा
चरा चुरुङी उड्रदै माथी आकाश छुॅदा
स्वर्ग नै पुगी दिन्छ मन मेरो।
हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुबै मिलेर
भन्न सक्छन प्रभु धन्यबाद
हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुबै मिलेर
भन्न सक्छन प्रभु धन्यबाद
अनौठा वातहरु, जीवजीवात हरु
उज्यालो दिन अनि रातहरु
अनौठा वातहरु, जीवजीवात हरु
उज्यालो दिन अनि रातहरु
असंख्य जातीहरु, बिभिन्न रीतहरु
असंख्य जातीहरु, बिभिन्न रीतहरु
उदेकले भरिन्छ यो मन मेरो।
गर न गर ईश्वरको प्रशंशा
सम्पूणॅ हृदयले उपासना
मान्छे मान्छे को सबै भिन्नता
मेटियो हेर उनको आॅगनमा।