त्यहीँ गल्लीमा हिँड्छु, आउँछु, नयाँ केही छैन
सुनाउन तिमीलाई के भन्नु, त्यो नि थाहा छैन
त्यही गल्लीमा हिँड्छु, आउँछु नयाँ केही छैन
कोशिश अझ गर्दैँछु तर प्रगति भाछैन
राम्रो ठाउँमा उसले लग्छ होला मैलेभन्दा
चिसो तिमी नखानू खोकी लाग्छ है, चन्दा
आजभोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?
आज भोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ, लाग्दैन?
यही बाटोमा सधैँ धाउँछु, नयाँ केही भाछैन
संसार कहाँ पुगी सक्यो रे, कति कुरा थाहा छैन
यही बाटोमा सधैँ धाउँछु, नयाँ केही भाछैन
Guitar यहीँ बजाउँछु धेरै प्रगति भाछैन
राम्रोसँग उसले राख्या होला मैले भन्दा
टाउको दुःख छ, चस्मा लाउन नभुलनु है, चन्दा
आजभोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?
आजभोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ, लाग्दैन?
एक्लै हुँदा याद आउछ झन्
कसरी बिर्सुँ हाम्रा ती मिठा क्षण?
एक्लै हुँदा याद आउछ झन्
कसरी बिर्सुँ हाम्रा ती मिठा क्षण?
राम्रो ब्यहोरा उसले गर्छ होला मैले भन्दा
केश खुल्ला छेड्दा तिमीलाई सुहाउछ है, चन्दा
आजभोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?
आजभोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ, लाग्दैन?
आजभोलि हाम्रो कुरा...
थोरैथोरै मेरो न्यास्रो...
आजभोलि हाम्रो कुरा खासै हुदैन
थोरैथोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?