हजार सपनाहरुको, मायाँ लागेर आउँछ
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ
हजार सपनाहरुको, मायाँ लागेर आउँछ...
(मैले बाँचेको परिवेश, सानो त्यती थिएन
परदेशी जस्तो कोही, एक्लो पनि थिएन) २
(अल्झे कहीं त के भो,बाटो भुलेको छैन) २
भाँचिईसकेको विश्वास, फेरी भएर आँउछ
हजार सपनाहरुको, मायाँ लागेर आउँछ...
(मेरा ती स्वरहरुलाई, थुन्नु त्यती भएन
सबले भुलेको जस्तो, भुल्नु पनि भएन) २
(खुशी नै होकि के हो,मनमा भएर आउँछ) २
छिनमा लहर अनेकौ, मनमा उठेर आउँछ...
हजार सपनाहरुको, मायाँ लागेर आउँछ
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ
हजार सपनाहरुको, मायाँ लागेर आउँछ..