
Yeti Dherai Maya Diyi
यती धेरै माया दिई
मन भरी दुख नदेउ
यती धेरै माया दिई
मन भरी दुख नदेउ
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दिई
जो भाग्यमा कोरिएका
सुख दुख स्वीकार्य छन
जो भाग्यमा कोरिएका
सुख दुख स्वीकार्य छन
केही तिता पल
केहि मिठा पल
सबै सबै स्वीकार्य छन
ती हातहरु प्रसस्त छन
भो सान्त्वना मलाई नदेउ
यती धेरै माया दिई
यो बाटोमा कती काँडा
कती फुल टिपी हिँडे
यो बाटोमा कती काँडा
कती फुल टिपी हिँडे
कती पराई आफ्ना देखे
कती आफ्ना पराई भेटे
यो जिन्दगीको मोडमा
भो साहरा मलाई नदेउ
यती धेरै माया दिई
मन भरी दुख नदेउ
यती धेरै माया दिई
Yeti Dherai Maya Diyi โดย Narayan Gopal – เนื้อเพลง & คัฟเวอร์