menu-iconlogo
huatong
huatong
avatar

Pyari aama

urgen donghuatong
coudoux1huatong
เนื้อเพลง
บันทึก
आमा, प्यारी आमा

ओ आमा, आमा

ना, ना-रे, ना-रे, hmm

नौ महिना कोखमा राखी

ठूलाठूला सपना साँची

हुर्काउने तिम्लाई तिम्री आमा

दशधारे दूध चुसाई

तोते बोली बोल्न सिकाई

माया गर्ने तिम्लाई तिम्री आमा

प्यारी आमा

हो, दिन हुन्न चोट दिलमा उनको

आमा नै हुन् भगवान् तिम्रो, मेरो

तिम्लाई दुख्दा रुने आमा

संसारसँग लड्ने आमा

तिम्रो लागि मर्ने आमा

हो-हो-हो, तिम्लाई दुख्दा रुने आमा

संसारसँग लड्ने आमा

तिम्रो लागि मर्ने आमा

प्यारी आमा

समयको खेल कस्तो?

कालो रातको डढेलोजस्तो

अब उनी बुढी भइन्

छोराले नि बिहे गर्यो

बुहारीको हेला भयो

बुढी आमा कहाँ जानु र?

उनलाई लगिन्, हाँसेरै गइन्, आश्रममै बसिन्

ए, उनलाई लगिन्, हाँसेरै गइन्, आश्रममै बसिन्

छोरा तिमी कस्तो निक्ल्यौ?

आमाको माया कसरी भुल्यौ?

उनले तिम्लाई बिर्सेको छैन

तिम्रो पनि छोरा होला

तिम्लाई पनि त्यस्तै गर्ला

त्यति बेला रुन्छ तिम्रो मन, ए पापी मन

हो, दिन हुन्न चोट दिलमा उनको

आमा नै हुन् भगवान् तिम्रो, मेरो

तिम्लाई दुख्दा रुने आमा (प्यारी आमा)

संसारसँग लड्ने आमा (बुढी आमा)

तिम्रो लागि मर्ने आमा (मेरी आमा, मेरी आमा, मेरी आमा)

हो-हो-हो, तिम्लाई दुख्दा रुने आमा (प्यारी आमा)

संसारसँग लड्ने आमा (बुढी आमा)

तिम्रो लागि मर्ने आमा (मेरी आमा)

प्यारी आमा

เพิ่มเติมจาก urgen dong

ดูทั้งหมดlogo