menu-iconlogo
huatong
huatong
avatar

Sukera Gayo Pipala

Jibihang Rai/Sunita Thegimhuatong
ruthvela83huatong
Şarkı Sözleri
Kayıtlar
सुकेर गयो पिपल

सुकेर गयो पिपल

पोहोरको खडेरीमा, पोहोरको खडेरीमा

सुकेर गईजाला, आगुमै सालैमा चौतारीको वर

बाँचुन्जेल हाँसौ, खेलौँ मन मुटु खोलेर, मन मुटु खोलेर

मरेर गईजाला, बिति जाने यो जोवनको छैन केही भर

बिति जाने यो जोवनको छैन केही भर

पूर्व को घाम साँझमा लै-लै, पश्चिममा डुब्छ नी

पूर्वको घाम, साँझमा लै-लै, पश्चिममा डुब्छ नी

फुलेको फूल, फक्रेको जोवन दुई दिनमै झर्छ नी

केलाई गर्नु रिस राग? केलाई गर्नु डाहा?

सँगै हुँदा हाँसौ-खेलौँ, भोलि हुन्छौँ कहाँ, कहाँ

सुकेर गयो पिपल, पोहोरको खडेरीमा, पोहोरको खडेरीमा

सुकेर गईजाला आगुमै सालैमा, चौतारीको वर

सयपत्री फूल, चिटिक्कै बाँध न रातो है रिबन मा

सयपत्री फूल, चिटिक्कै बाँध न रातो है रिबनमा

मरेर लानु के छ र हजुर, मानिसको जीवनमा?

हाँसिराखे, बोलिराखे है, माया मोह सम्झना

बाँचुन्जेल हाँसखेल, भोलि हुन्छु कहाँ कहाँ

सुकेर गयो पिपल पोहोरको खडेरीमा, पोहोरको खडेरीमा

सुकेर गईजाला, आगुमै सालैमा, चौतारीको वर

Jibihang Rai/Sunita Thegim'dan Daha Fazlası

Tümünü Görlogo