menu-iconlogo
huatong
huatong
avatar

Timile Diyeka

Natikaji/Tara Devihuatong
princesa_cepeda38huatong
Şarkı Sözleri
Kayıtlar
तिमीले दिएका मायालु कोसेलीहरूले

मान्छेलाई माया प्रति आस्था जन्माएछन्

तिमीले दिएका खुशी र उमङ्गहरूले

मान्छेलाई खुशी प्रति आशा दिलाएछन्

तिमीले दिएका मायालु कोसेलीहरूले...

हुनत यो तिम्रो र मेरो घरायसी माया हुनपर्ने हो

तर आज हाम्रो मायाले तिमी र मको परिधि तोडेछ

हुनत यो तिम्रो र मेरो घरायसी माया हुनपर्ने हो

तर आज हाम्रो मायाले तिमी र मको परिधि तोडेछ

हुनत यो तिम्रो र मेरो परस्पर खुशी हुनपर्ने हो

तर आज हाम्रो खुशीले हामी दुईको सिमाना नागेछ

तिमीले दिएका मेरा यी भावनाहरूले

आज हेर, अरू कतिलाई बिउँझाएछन्

तिमीले दिएका मेरा यी वेदनाहरूले

अलिअलि कतै धेरैलाई रङ्गाएछन्

तिमीले दिएका मायालु कोसेलीहरूले...

हुनत यो तिम्रो र मेरो व्यक्तिगत प्रीत हुनपर्ने हो

तर आज हाम्रो प्रीत यो कति गीतको सङ्गीत बनेछ

हुनत यो तिम्रो र मेरो व्यक्तिगत प्रीत हुनपर्ने हो

तर आज हाम्रो प्रीत यो कति गीतको सङ्गीत बनेछ

हुनत यो तिम्रो र मेरो आपसको कथा हुनपर्ने हो

तर आज हाम्रो कथाले कति कलाको आकार कोरेछ

तिमीले दिएका मायालु कोसेलीहरूले

मान्छेलाई माया प्रति आस्था जन्माएछन्

तिमीले दिएका खुशी र उमङ्गहरूले

मान्छेलाई खुशी प्रति आशा दिलाएछन्

तिमीले दिएका मायालु कोसेलीहरूले...

Natikaji/Tara Devi'dan Daha Fazlası

Tümünü Görlogo