menu-iconlogo
huatong
huatong
avatar

Ukali Oraliharuma

Natikaji/Tara Devihuatong
kantaikantaihuatong
Şarkı Sözleri
Kayıtlar
उकाली ओरालिहरुमा

भञ्ज्याङ अनि चौतारीहरुमा

सुन्दर ति दहहरुमा

हिमालका बिशाल छातीहरुमा

जहाँ जहाँ जान्छौ तिमी

म पाइला बनी पच्छ्यायी रहन्छु

ती छहरा, खोल, खहरेहरुमा

सम्झना बनी बगिरहन्छु

उकाली ओरालिहरुमा

तराईका हरिया फाँटमा

पहाडका तरेलिहरुमा

तराईका हरिया फाँटमा

पहाडका तरेलिहरुमा

हिमालका सुन्दर अनि बिकट ति

वस्ती वस्तीहरुमा

जहाँ जहाँ जान्छौ तिमी

म बाटो बनी साथै रहिरहन्छु

ती सुस्केरा ठकर सुसेलिहरुमा

गीत बनी गुन्जि रहन्छु

उकाली ओरालिहरुमा

मुटु कमाउने जाडोहरुमा

कपाल दुख्ने गर्मिहरुमा

मुटु कमाउने जाडोहरुमा

कपाल दुख्ने गर्मिहरुमा

मन हर्ने सुन्दर दृश्य शान्त शितल वातावरणमा

जहाँ जहाँ जान्छौ तिमी

म आकश बनी देखी रहन्छु

ती लेकवेंसी अनि पाखाहरुमा

पवन बनी भेटी रहन्छु

उकाली ओरालिहरुमा

Natikaji/Tara Devi'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin

Natikaji/Tara Devi, Ukali Oraliharuma - Sözleri ve Coverları