menu-iconlogo
huatong
huatong
avatar

Lajjawati Jhar लज्जावती झार -Asmita Adhikari & Mahesh Kafle

Nepali Talimhuatong
♑️Ram_राम🌟NP🇳🇵huatong
Şarkı Sözleri
Kayıtlar
नमस्कार नेपाली तालिमबाट, महेश काफ्लेको शब्द संगीत र अस्मिता अधिकारी/महेश काफ्लेको स्वरमा लज्जावती झार बोलको नेपाली गीत

१================

>केटी–

लज्जावती झार जस्तै लजाउँछौ

खै कसरि यो सिउँदो सजाउँछौ

अलि ओर आउ

अलि ओर आउ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

अलि ओर आउ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

>केटा–

आगोमा घिउ हाले झैँ भईहाल्छु

तिम्रो छेऊमा पग्लिदै गईहाल्छु

खै कसरि आउँ

खै कसरि आउँ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

खै कसरि आउँ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

२.================

>केटी–

बुझ्नु पर्छ मनका कुरा केहि नबोले नि

पढ्नु पर्छ आँखाहरु मुखै नखोले नि

>केटा–

अँधेरीमा जान सक्छु त्रिसुलिको तिरमा

तर तिम्रो सामु मुटु हुन्न कैले पिरमा

>केटी–

फुलै दिए कानैमा सिउरिन्छौ

हात् समाउदा लजाउदै निउरिन्छौ

अलि ओर आउ

अलि ओर आउ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

अलि ओर आउ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

३.================

>केटा–

देखे पछि जूनझैँ त्यो मुहार

पसिनाले ज्यान भिज्छ नुहाएर

खै कसरि आउँ

खै कसरि आउँ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

खै कसरि आउँ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

४.=================

>केटी–

मनको कुरा मनैमा राखे ढिलो हुन सक्छ

पछि फेरी पछुताउदै त्यो मन रुन सक्छ

>केटा–

कति कोरेँ तिम्रो लागि कबिता र गीत

भन्न मात्र नसक्या हो मैले तिमी सित

>केटी–

फुलेको फुल अर्कैले टिप्ला है

सम्झना मै जिन्दगि बित्ला है

अलि ओर आऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

……………………………………………………..

केटा-लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

केटी–जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

केट-लाज भाग्ने आँट जाग्ने, मन्त्र गरि देऊ

==============

शब्द,संगीत -महेश काफ्ले

स्वर-अस्मिता अधिकारी/महेश काफ्ले

धन्यवाद

नेपाली तालिम

Nepali Talim'dan Daha Fazlası

Tümünü Görlogo