menu-iconlogo
huatong
huatong
Şarkı Sözleri
Kayıtlar
लैबरी, लैबरी लै

लैबरी, लैबरी लै

लैबरी, लैबरी, लैबरी लैलै, लैबरी लैलैलै

पटुकीमा सिउरेको सुर्केथैली खै?

सुर्केथैली खै? भन, सुर्केथैली खै?

चौबन्दीमा तुनेको सुर्केथैली खै?

लैबरी, लैबरी, लैबरी लैलै, लैबरी लैलैलै

कुरुसैले बुनेको झुम्केरुमाल खै?

झुम्केरुमाल खै? भन, झुम्केरुमाल खै?

रौँ कातेर बुनेको झुम्केरुमाल खै?

ओइ सानी, बोल्छ्यौ लाजै नमानी

ओइ सानी, गर्छ्यौ क्यारे बैमानी

नखोज है निहुँ, रामा, नखोज है निहुँ

नखोज है निहुँ, रामा, नखोज है निहुँ

रामसाइँला, ठेकाभित्र पानी

रामसाइँला, घ्वार्रघुर्र मदानी

के लाग्थ्यो र घिउ, रामा, के लाग्थ्यो र घिउ

के लाग्थ्यो र घिउ, रामा, के लाग्थ्यो र घिउ

आनाकानी गर्छ्यौ, पर-पर सर्छ्यौ, मन अन्तै साट्यौ कि?

आनाकानी गर्छ्यौ, पर-पर सर्छ्यौ, मन अन्तै साट्यौ कि?

मलाई उल्लु बनाएर धोका दिन पो आँट्यौ कि?

आजै हिसाब मिलाउनु छ, झिक खाताबही

पटुकीमा सिउरेको सुर्केथैली खै?

सुर्केथैली खै? भन, सुर्केथैली खै?

चौबन्दीमा तुनेको सुर्केथैली खै?

मनमौजी मान्छे, कता-कता जान्छे, खोजी-निन्दा नगर

मनमौजी मान्छे, कता-कता जान्छे, खोजी-निन्दा नगर

कलिलै छ बैँस, राजै, बलजफती नगर

क-का, कि-की, के-के, कु-कू, कु-कू, के-कै-कै

रौँ कातेर बुनेको झुम्केरुमाल खै?

झुम्केरुमाल खै? भन, झुम्केरुमाल खै?

कुरुसैले बुनेको झुम्केरुमाल खै?

चौबन्दीमा तुनेको सुर्केथैली खै?

कुरुसैले बुनेको झुम्केरुमाल खै?

Rajan Raj Siwakoti/Anju Panta'dan Daha Fazlası

Tümünü Görlogo