धेरै दिनबाट यहाँ सुन्यता
कालो बादल छाएको जस्तो
ए साथी, तिमी कहाँ छाै भनन?
लामो दिनहरू काट्नै गाह्रो भो
सानो छदा हामी खोल्ने गर थियाै
त्यो गल्लीमा छिमेकी कराउथे सारो
आज को कता छ, को कता छ तर मनले
मेरो बाल्यकाल नै पुकार्यो
खोजी रहेको छु दिनहरू त्यतै,
जवानीले जवानीले कहाँ पुरायो
बाटो छ बेग्लै तर भेटने छाै
हामी, निरास हुनु पर्दैन भो
Verse 2
साझ यताबाट तारा हेर छु,
तिमी पनि उताबाट हेर है
चम्किला तारा सारा मेरा प्यारा
साथीभाईहरू नजिकीयाै है
जिवनको बाटो भन्थे घाम र छाया,
छाता वोढेर कटाउनै पर्ने
बच्चा देखी पढीलेखी अघि बढयाै
हामीसँगै अब जानु नै पर्ने
कोहीलाई बन्नु छ ठूलो
मान्छे, कोही भने खाडी सँगै
बिताउछन् जीन्दगी जसरी तर
साथीभाई हुन्छन् सजिलै
Outro
सम्झना बाकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैको