menu-iconlogo
huatong
huatong
ekdev-limbu-fijeko-kesh-cover-image

Fijeko Kesh

Ekdev limbuhuatong
praiseiihimhuatong
بول
ریکارڈنگز
ग-ग-ग, रे-ग-रे-ग

ग-ग-ग, ग-प-प-ध-म-ग

ग-ग-ग, रे-ग-रे-ग-सा-नि

सा-सा-सा, सा-रे-रे-ग-सा-नि-सा

फिँजेको केशमा सिउरेको

त्यो फूलको थुँगा सुहायो शिरैमा

हटाइदेऊ तिम्रो त्यो पछ्यौरी

देखाइदेऊ जूनझैँ मुहारै हँसिलो

मोतीजस्ता दन्त तिम्रा, आँखा गाजलु

तिरमिराउँछन् आँखा, म कसरी जुधाऊँ? Mmm

लुकीलुकी चियाउँदै गऱ्यौ के जादु?

झिमझिमाउने परेलीमा फस्दै छ मुटु, mmm-hmm, हा, हा-हा

फिँजेको केशमा सिउरेको

त्यो फूलको थुँगा सुहायो शिरैमा

हटाइदेऊ तिम्रो त्यो पछ्यौरी

देखाइदेऊ जूनझैँ मुहारै हँसिलो

सजाएर राखिदिऊँ कि तिम्लाई जूनसँग? (जूनसँग)

जून पनि लजाइदेला तिमीसामु हुन

लुकाएर राख्न पाए हुन्थ्यो मुटुभित्र

दुःख सारा भुलिदिन्छु तिमी सामु हुँदा

फिँजेको केशमा सिउरेको

त्यो फूलको थुँगा सुहायो शिरैमा

हटाइदेऊ तिम्रो त्यो पछ्यौरी

देखाइदेऊ जूनझैँ मुहारै हँसिलो

लोलाएका ती दुई नयनमा छन् धेरै सपनाहरू

पूरा बनोस्, गर्नेछु प्रार्थना

तिम्रो हाँसोमा, मुस्कानमा लुकेका ती दुःखहरू

भुलाउन बन्नेछु सहारा

फूलले रङ्ग सजाउँछ तिम्रो ओठको

जूनले कथा सुनाउँछ तिम्रो रूपको, mmm

दुनियाँको नजरबाट नजर चोरेर

हेरिरहूँ तिमीलाई आँखैले छोएर, mmm-hmm, हा, हा-हा

फिँजेको केशमा सिउरेको

त्यो फूलको थुँगा सुहायो शिरैमा

हटाइदेऊ तिम्रो त्यो पछ्यौरी

देखाइदेऊ जूनझैँ मुहारै हँसिलो

फिँजेको केशमा सिउरेको

त्यो फूलको थुँगा सुहायो शिरैमा

हटाइदेऊ तिम्रो त्यो पछ्यौरी

देखाइदेऊ जूनझैँ मुहारै हँसिलो

Ekdev limbu کے مزید گانے

تمام دیکھیںlogo