आँखा आँखा बोलेनी OST Kohi Mero
Singer: Deepak Limbu, Anju Pant
music track : MagarHem Mijhor
M- हो हो.......
आँखा आँखा बोले नि
मनसँग मन बोल्न बाँकी छ
आँखा आँखा बोले नि
मनसँग मन बोल्न बाँकी छ
मन मै आशा मन मै छ सपना
ओठैले खोल्न बाँकी छ
F-बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल
बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल
M-जिवनको बाटो उकाली अनि ओराली
समाउनु हात माया तिमीले
(माया तिमीले)
F- हो जिवनको बाटो उकाली अनि ओराली
समाउनु हात माया तिमीले
M- सुस्केरा हाल्ने चौतारी अनि देउराली
दिनु है साथ माया तिमीले
बाँकी छ हिउदो बाँकी छ बर्खा
घामैले पोल्न बाँकी छ
F- माछी मारन हो दाइ हो
आजलाई चट्नी माछी मारन
है माछी मारनी हो बहिनी
छैन नि ढडिया कसो गरौ नि
----------music-----------------
F-बागेको साङ्लो गण्डकी सरि पिरती
मनमा बगेको सलल
(हो हो सलल)
M- हो बागेको साङ्लो गण्डकी सरि पिरती
मनमा बगेको सलल
F- हुम बिपनी भरी झझल्को मलाई हरेकपल
सपनी तिम्रै छ झलल
M- सजाई सके हृदयभरी मुख्ले त बोल्न बाँकी छ
F- आँखा आँखा बोले नि
मनसँग मन बोल्न बाँकी छ
M- आँखा आँखा बोले नि
मनसँग मन बोल्न बाँकी छ
मन मै आशा मन मै छ सपना
ओठैले खोल्न बाँकी छ
F- सरर सरर चिसो चिसो हावा
जोमसोमे बजारको
Both - (हे)सरर सरर चिसो चिसो हावा
जोमसोमे बजारको