नमस्कार
Lyrics: माया बिरानी
original track
लाउली सारी रेशमको चिटिक्कै,
सुनको चुरा ब्या गर्नी बित्तिकै...
तिमीसित पिरती लाईदैन,
सुनकै हात्ती दिएन चाईदैन...
सपनीमा आउछेउ मायाँ बस्छेउ नि काखैमा,
बिपनिमा तिम्रै झल्को झलल आँखैमा,
नत मलाई दिनमा भोक,नत निद्रा राती,
मध्य रातमै भाग्छ निद्रा चर्कन्छ यो छाती,
न औषधि खाएर निको भो,
नत झारफुक गरेरै ठिक भो,
मायाँ बिरानी,
बिस्तरामा तिमीलाई सम्झेर
च्याप्छु सिरानी..
बिस्तरामा तिमीलाई सम्झेर,
च्याप्छु सिरानी..
बैंसालु रोग झारफुकले छुँदैन,
लोभी मनको,ओखती हुँदैन
मायाँ बिरानी ..
बिस्तरामा यो ज्यानलाई सम्झेर,
च्याप्छौ सिरानी..
बिस्तरामा यो ज्यानलाई सम्झेर,
च्याप्छौ सिरानी..
Music
तिम्रै फोटो फेस्बुक मा हेरेर टोलाउँछु,
फोटो किन बोल्थ्यो बरै तै पनि बोलाउँछु,
खाना खान भांसाबाट,बोलाउँ छिन आमा,
तिम्रै हातले पस्किएको,देख्छु कल्पनामा,
कुटु कुटु मन सधै खानेभो,
तिम्रै पिरले ज्यान मेरो जानेभो,
मायाँ बिरानी..
बिस्तरामा तिमीलाई सम्झेर,
च्याप्छु सिरानी..
बिस्तारामा तिमीलाई सम्झेर,
च्याप्छु सिरानी..
चन्चले मन अब न सम्हाले,
मर्नेभयो बैसैमा ए काले,
मायाँ बिरानी,
बिस्तरामा यो ज्यानलाई सम्झेर
च्याप्छौ सिरानी,
बिस्तरामा यो ज्यानलाई सम्झेर
च्याप्छौ सिरानी,
लाउली सारी रेशम को चिटिक्कै
सुनको चुरा ब्या गर्ने बित्तिकै,
तिमीसित पिरती लाईदैन,
सुनकै हात्ती दिएन चाईदैन,
Music
ओठ टोकी मुस्कुराउने पातली गोरिले,
मोहनी नै लगाई मलाई लाउरे कि छोरीले,
साथीभाई खेलाउँ छन काखमा छोरा छोरी,
मनको कुरो तिमीलाई मैले बुझाउनु कसोरि,
सिंदुर भरि खाली त्यो सिउँदो मा,
लान्छु तिमीलाई आउने यहि हिंउदो मा,
मायाँ बिरानी ...
बिस्तरामा तिमीलाई सम्झेर
च्याप्छु सिरानी,
बिस्तारामा तिमीलाई सम्झेर,
च्याप्छु सिरानी,
ठुलैकुरा गर्यौ नी गर्न त,
गार्है पर्ला,यो सिउँदो भर्न त
मायाँ बिरानी ...
बिस्तरामा यो ज्यानलाई सम्झेर,
च्याप्छौ सिरानी..
बिस्तरामा यो ज्यानलाई सम्झेर,
च्याप्छौ सिरानी..
धन्यवाद