खुशी हुन्छ मन जहाँ-जहाँ उडीउडी जान्छ त्यहाँ-त्यहाँ

सपना, बिपना, कल्पनामा, बादलपारि कहाँ-कहाँ

बादलपारि कहाँ-कहाँ
खुशी हुन्छ मन जहाँ-जहाँ...
पाखा, पर्वत, उकालीहरू, घुम्तीहरू, ओरालीहरू

जहाँ गए पनि दुःखैदुःख संसारैभरि जहाँत्यहाँ
जहाँ गए पनि दुःखैदुःख संसारैभरि जहाँत्यहाँ
खुशी हुन्छ मन जहाँ-जहाँ...
जीवन छोटो, कर्म छ खोटो, भावीले लेख्यो अक्षर मोटो

दुःखै अटेन भने निधारमा सुख भावीले लेखोस् कहाँ?
दुःखै अटेन भने निधारमा सुख भावीले लेखोस् कहाँ?
खुशी हुन्छ मन जहाँ-जहाँ उडीउडी जान्छ त्यहाँ-त्यहाँ
सपना, बिपना, कल्पनामा, बादलपारि कहाँ-कहाँ
सपना, बिपना, कल्पनामा, बादलपारि कहाँ-कहाँ
बादलपारि कहाँ-कहाँ
खुशी हुन्छ मन जहाँ-जहाँ
खुशी हुन्छ मन जहाँ-जहाँ
खुशी हुन्छ मन जहाँ-जहाँ...