menu-iconlogo
logo

Bichodako Karautile - Kid Version

logo
بول
बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

एउटा बाटो परदेश, अर्को घरदेश

परदेशी र घरदेशीको कहिले होला भेट?

बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

मरुभूमि बालुवामा सपनाको खेती

हो, हो, मरुभूमि बालुवामा सपनाको खेती

सिँचाइ हुँदै बगेको छ पसिनाको नदी

आँखैभरि उनकै तस्बिर, मनमा रोदी-मादल

आँखैभरि उनकै तस्बिर, मनमा रोदी-मादल

बाहिर पोल्ने चर्को घाम छ, भित्र कालो बादल

बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

थाहै हुन्न कुन बाटोले भीरतिर लान्छ

हो, हो, हो, हो, थाहै हुन्न कुन बाटोले भीरतिर लान्छ

सुखका दिन आउने हो कि पीरतिर तान्छ

आस बोकी जानेहरू लास बनी आउँछन्

आस बोकी जानेहरू लास बनी आउँछन्

कोहीका सुदिन फिर्छन्, कोहीले पाउनु दुःख पाउँछन्

बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

एउटा बाटो परदेश, अर्को घरदेश

परदेशी र घरदेशीको कहिले होला भेट?

बिछोडको करौँतीले काट्नु मनै काट्यो

जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो

Bichodako Karautile - Kid Version بذریعہ Narayan Rayamajhi/Suprim Malla Thakuri - بول اور کور