menu-iconlogo
huatong
huatong
avatar

Kholai Khola

Neetesh Jung Kunwarhuatong
qcdidierhuatong
بول
ریکارڈنگز
नभन्दाभन्दै रसाउँछन् आँखा

बुझिन मैले तिम्रो हृदयको भाका

जलन किन जब तिम्रै हुन सकिन?

खै, केको मात लाग्यो है ममा

रम्न पुगेछु तिम्रो दु:खमा

दोष कसलाई दिऊँ? आफैलाई रोक्न सकिन

अब पछुतोको भारी जोखेर

तिम्रो कुरा पछि छोडेर

लागेँ म त

खोलैखोला, तीरैतीर, चौतारी र भीरैभीर

मनमा छ पीरैपीर, हो, भन्ने कसलाई?

बलिरहनू है तिमी पूर्णिमाको जूनझैँ

यात्रा हाम्रो यहीँ नै टुङ्गेछ, कि कसो, गाइने दाइ?

चाहेको तिम्लाई हितै नै भरि

आँखाको लोभले भइदियो मनपरी

भाग्यमानी रैछु, छाडी गइदेनौ रिसाई

पहिलो गल्तीमै हिँड्द्या भए हुन्थ्यो

न भड्किन्थेँ म न मुटु टुट्थ्यो

सच्चिँदैनन् झूट बोली बिताएका रात

अब पछुतोको भारी जोखेर

तेरो कुरा पछि छोडेर

लागेँ म त

खोलैखोला, तीरैतीर, चौतारी र भीरैभीर

मनमा छ पीरैपीर, हो, भन्ने कसलाई?

बलिरहनू है तिमी पूर्णिमाको जूनझैँ

यात्रा हाम्रो यहीँ नै टुङ्गेछ, कि कसो, गाइने दाइ?

सपनीमा आउँछ्यौ तिमी सजिएर

भन्छ्यौ यी हात समाई, "तिम्रै हुँ म"

याद मात्र भो सँगै बिताएका पल

फेरि त्यो साथ पाउन काबिल छु र?

अब आफ्नो ख्याल राख्नू है तिमी

गँजडीलाई कल्ले बुझ्दिने?

लागेँ म त

खोलैखोला, तीरैतीर, चौतारी र भीरैभीर

मनमा छ पीरैपीर, हो, भन्ने कसलाई?

बलिरहनू है तिमी पूर्णिमाको जूनझैँ

यात्रा हाम्रो यहीँ नै टुङ्गेछ, कि कसो, गाइने दाइ?

कि कसो, गाइने दाइ?

Neetesh Jung Kunwar کے مزید گانے

تمام دیکھیںlogo