आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प समाऊ न
आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प समाऊ न
तिम्रै प्राप्ति जीवनको अर्थ भो
नपाए तिमी नबाँच्ने शर्त भो
मनको तालमा मुटुको धड्कनले गाऊ न
प्रीतिका गीत गाऊ न
आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प समाऊ न
तिमीबिना हुन्न मेरो घरबार
म जिउने तिमी एउटै आधार
तिमीबिना हुन्न मेरो घरबार
म जिउने तिमी एउटै आधार
उजाड मेरो एक्लो जीवनमा छाऊ न
वसन्त बनी छाऊ न
आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प समाऊ न
अप्ठ्यारोमा तिमीलाई छोड्दिन
बीचैबाट एक्लै बाटो म मोड्दिन
अप्ठ्यारोमा तिमीलाई छोड्दिन
बीचैबाट एक्लै बाटो म मोड्दिन
शङ्कै नगरी हृदयको गहिराइमा लाऊ न
न्यानो माया लाऊ न
आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प समाऊ न
आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प समाऊ न
मनको तालमा मुटुको धड्कनले गाऊ न
प्रीतिका गीत गाऊ न
आऊ न, अलि नजिक आऊ न
मेरो हात च्याप्प, आ, समाऊ न