menu-iconlogo
logo

jaula relaima sarara

logo
بول

लाहुरे म त सोल्टीना, छुट्टीमा आको

कुरा खोल्छु सोल्टीना, दिल् भित्र छुपाको

तिम्रै माया लाग्छ सोल्टीना

हे.. सोल्टीना सोल्टीना सोल्टीना

(जाउला रेलैमा सरर गोर्खा पल्टन) 3

यो लाहुरेको सोल्टी ज्यु केही भर छैन

जिस्क्याइरन्छ सोल्टी ज्यु बिहे चै गर्दैन

म त परे तिम्रै सोल्टीना

हे.. सोल्टीना सोल्टीना सोल्टीना

(लैजाउ रेलैमा सरर गोर्खा पल्टन) 3

लाहुरे को जात गर्दैन घात

हृदय चोखो छ.

हो.. पर्देशको जागिर् नेपाली माया

लैजाने धोको छ.

(कुरा त सही हो लाहुरे दाई को) 2

मन कुन्नि कस्तो छ,

माया साटेर छाडेशी चट्टै

बिर्सेंला जस्तो छ

पाबित्रै हो सोल्टीना गोर्खाली मन यो

पिरातिले सोल्टीना झन चोखो बनायो

तिम्रै माया लाग्छ सोल्टीना

हे. सोल्टीना सोल्टीना सोल्टीना

(जाउला रेलैमा सरर गोर्खा पल्टन) 3

हे हे हे हे ला ला ला ला

त्यो मन ले आटे लगन पक्कै

जुर्ने त होला नि

हो. पल्टन्मा तिमी घर मैले रुदै

कुर्ने त होला नि

(हासौला संगै बाचौला संगै) 2

नगर केही पिर

त्यही मन अन्तै डुल्छ कि बरु

लाग्दछ यही पिर

पाबित्रै हो सोल्टी ज्यु नेपाली मन यो

पिरातिले सोल्टी ज्यु झन चोखो बनायो

म त परे तिम्रै सोल्टीना

हे.. सोल्टीना सोल्टीना सोल्टीना

(लैजाउ रेलैमा सरर गोर्खा पल्टन) 3

लाहुरे म त सोल्टीना, छुट्टीमा आको

कुरा खोल्छु सोल्टीना दिल् भित्र छुपाको

तिम्रै माया लाग्छ सोल्टीना

हे. सोल्टीना सोल्टीना सोल्टीना

(जाउला रेलैमा सरर गोर्खा पल्टन) 3

लैजाउ रेलैमा सरर गोर्खा पल्टन

जाउला रेलैमा सरर गोर्खा पल्टन

लैजाउ रेलैमा सरर गोर्खा पल्टन

जाउला रेलैमा सरर गोर्खा पल्टन....

jaula relaima sarara بذریعہ Prashant Tamang/Anju Panta - بول اور کور