NTK ♩ ♪ ♫ ♬
केटी: फूल हैन काँडा, काँडै बाटो हिडौला
केटा: फूल हैन काँडा, काँडै बाटो हिडौला
सम्म हैन डाँडा, डाँडै पनि चढौला
केटी: सम्म हैन डाँडा, डाँडै पनि चढौला
संग संगै जिन्दगीको सुख हैन
केटा: दुखै दु:ख पनि काटौला
केटी: दुखै दु:ख पनि काटौला
NTK ♩ ♪ ♫ ♬
केटी: बाचा कसम के खानु
माया गर्छु के भनु
आँखा रुन्छ तिमी टाढा हुदाँ
तिमी बिना बाँच्दिन म के भनु
केटा: औला चिरी रगतको
बेहुली आजै बनाउला
आँखा नलागोस यो दुनियाको
परेली भित्रै लुकाउला
केटी: साथ पाए जन्मौ जन्म
खुशी हैन, आँशु आँशु बीच मुस्काउला
केटा: आँशु आँशु बीच मुस्काउला
NTK ♩ ♪ ♫ ♬
केटी: जे हुन्छ सहुला
परे मरि जाउला
भन्छौ भने देह त्याग्छु म
अरु कसैको नि मलाई हुन नपरोस
केटा: जलेरै खरानी भए आकाशमै बिलाए
अटल रहन्छ प्रिती मरेरै हामी गए
केटी: विश्वासको भरोसामा नजिक हैन
टाढै भएपनि रमाउला
केटा: टाढै भएपनि रमाउला
NTK ♩ ♪ ♫ ♬