बादल बनाईदेउ, आकार बदल्न सकुँ
बादल बनाईदेउ, आकार बदल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ
जाउँ कसरि जाउँ, आफ्नै लाशको मलामी
जाउँ कसरि जाउँ, आफ्नै लाशको मलामी
चुपचाप सहुँ कसरि आफ्नै बदनामी
सस्तो बनाइदेउ बजारमा चल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ
फेरी चलाउ गोलि, घाइते बनाई नराख
फेरी चलाउ गोलि, घाइते बनाई नराख
चिता मै जल्न देउ, चिन्तामा जलाई नराख
लाजहिन बनाइदेउ, सडकमा ढल्न सकुँ
सस्तो बनाइदेउ बजारमा चल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ