menu-iconlogo
logo

Dasai Tihar

logo
بول
दुःखी हुन्छ मेरो मन दशैँ-तिहार आउँदा

हो, दुःखी हुन्छ मेरो मन दशैँ-तिहार आउँदा

कति खुसी हुन्थेँ होला घर जान पाउँदा

दशैँ-तिहारमा

रमाइलो भाछ होला मेरो गाउँमा

बस्नै मन छैन मलाई यो ठाउँमा

आजै जाऊँ भइसक्यो मेरो गाउँमा

रमाइलो भाछ होला मेरो गाउँमा

ओए, बस्नै मन छैन मलाई मरुभूमिमा

हे, भन, भन, साथी (देउसिरे)

हे, भन, भन, सँगी (देउसिरे)

हे, "देउसिरे" भन (देउसिरे)

हे, स्वर मिलाई भन (देउसिरे)

हे, वर्षै र दिनको (देउसिरे)

हे, तिहार आउँदा (देउसिरे)

हे, रमाइलो गर्दै (देउसिरे)

हे, देउसिरे खेलौँ (देउसिरे)

हे, दुःख र पीडा (देउसिरे)

हे, मनैमा राखी (देउसिरे)

हे, हाँसौँ, खेलौँ (देउसिरे)

हे, साथीसँगी (देउसिरे)

हे, काग तिहार (देउसिरे)

हे, कुकुर तिहार (देउसिरे)

हे, लक्ष्मी पूजा (देउसिरे)

हे, गाई तिहार (देउसिरे)

हे, भाइटीका (देउसिरे)

हे, चारैतिर (देउसिरे)

हे, तिहारको (देउसिरे)

हे, रमझम (देउसिरे)

बहिनीले नि बाटो हेर्दै बसेकी छिन् होला

हो, बहिनीले नि बाटो हेर्दै बसेकी छिन् होला

यो साल पनि म नगए सुक्छ फूलमाला

दशैँ-तिहारमा

रमाइलो भाछ होला मेरो गाउँमा

बस्नै मन छैन मलाई यो ठाउँमा

आजै जाऊँ भइसक्यो मेरो गाउँमा

रमाइलो भाछ होला मेरो गाउँमा

ओए, बस्नै मन छैन मलाई मरुभूमिमा

हो, भाइ हुने बहिनी (देउसिरे)

हे, दाइ हुने बहिनी (देउसिरे)

हे, खुसी होलिन् (देउसिरे)

हे, सरसर-फरफर (देउसिरे)

हे, गर्दै होलिन् (देउसिरे)

हे, फूलमाला उनी (देउसिरे)

हे, बसेकी होलिन् (देउसिरे)

हे, मेरा भाइलाई (देउसिरे)

हे, फूलको माला (देउसिरे)

हे, लाउँला भनी (देउसिरे)

हे, पर्खेकी होलिन् (देउसिरे)

हे, दाजुभाइ (देउसिरे)

हे, नहुने बहिनी (देउसिरे)

हे, कुना बसी (देउसिरे)

हे, रुँदै होलिन् (देउसिरे)

हे, हाम्रा लागि (देउसिरे)

हे, पापी तिहार (देउसिरे)

हे, नआए हुन्थ्यो (देउसिरे)

हे, भन्दै होलिन् (देउसिरे)

हे, भन्दै होलिन् (देउसिरे)

"आउँछु, आउँछु" भन्दाभन्दै वर्षौँ बितिगए

हो, "आउँछु, आउँछु" भन्दाभन्दै वर्षौँ बितिगए

जति वर्ष बिते पनि दुःख उस्तै रहे

दशैँ-तिहारमा

रमाइलो भाछ होला मेरो गाउँमा

बस्नै मन छैन मलाई यो ठाउँमा

आजै जाऊँ भइसक्यो मेरो गाउँमा

रमाइलो भाछ होला मेरो गाउँमा

ओए, बस्नै मन छैन मलाई मरुभूमिमा

हा, यो घरमा (देउसिरे)

हे, फलोस्, फुलोस् (देउसिरे)

हे, दुःख र पीर (देउसिरे)

हे, कहिल्यै नपरोस् (देउसिरे)

हे, ढुङ्गा छुँदा (देउसिरे)

हे, धनै मिलोस् (देउसिरे)

हे, देवीदेउताले (देउसिरे)

हे, बासै गरून् (देउसिरे)

हे, लक्ष्मी माताले (देउसिरे)

हे, बासै गरून् (देउसिरे)

हे, यही दिन्छौँ (देउसिरे)

हे, हजुरलाई आशिष् (देउसिरे)

हे, घरबेटी बाबा (देउसिरे)

हे, घरबेटी आमा (देउसिरे)

हे, जान्छौँ अहिले (देउसिरे)

हे, नमरी बाँचे (देउसिरे)

हे, आउनेछौँ हामी (देउसिरे)

हे, आजलाई (देउसिरे)

हे, बिदा हुन्छौँ (देउसिरे)

हे, बिदा हुन्छौँ (देउसिरे)

Dasai Tihar بذریعہ Tanka timilsina - بول اور کور