menu-iconlogo
huatong
huatong
avatar

Jiban Jatra Ho

Kali Prasad Baskotahuatong
peace_russellhuatong
Lời Bài Hát
Bản Ghi
भाग्यमानी त्यही बजिये हुन्छ रे

जसका गफले चन्द्रमा छुन्छ रे

अभागीको, लौ, कुरै नगरौँ न हौ

टुलुटुलु हेरेरै रुन्छ रे

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

लोभीको धन, नारन, पापीले खान्छ रे

पापीको धन, नारन, खोलैले लान्छ रे

लोभीको धन, नारन, पापीले खान्छ रे

पापीको धन, नारन, खोलैले लान्छ रे

इमानदारको भो, कुरै नगरौँ न हो

मनको लड्डु घिउसँगै खान्छ रे

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

लाटो लडे एक बल्ड्याङ खान्छ रे

बाठो लडे तीन काल्ना हान्छ रे

लाटो लडे एक बल्ड्याङ खान्छ रे

बाठो लडे तीन काल्ना हान्छ रे

म जस्ताको, लौ, कुरै नगरम् न हौ

ढुङ्गालाई देउता नै मान्छ रे

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

आँटीलाई, नारन, बाघ-भालु खान्न रे

पापीलाई, नारन, हैजाले लान्न रे

आँटीलाई, नारन, बाघ-भालु खान्न रे

पापीलाई, नारन, हैजाले लान्न रे

खाँटी कुरो भो, धेरै नगरौँ न हो

मुख छ भन्दै धेर बोल्नु हुन्न रे

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

जीवन जात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

जात्रैजात्रा हो

शास्त्रमा लेख्नलाई छुट्या मात्र हो

Nhiều Hơn Từ Kali Prasad Baskota

Xem tất cảlogo

Bạn Có Thể Thích