menu-iconlogo
huatong
huatong
avatar

Flirty Maya

Neetesh Jung Kunwarhuatong
nursenancy117huatong
Lời Bài Hát
Bản Ghi
तिम्रो रङ्गिन त्यो भित्तामा

मेरो black and white photo तिमी टाँसन

मेरो कोहिनि नहास्ने चुट्किलामा तिमी मुर्छा परी हाँसन

गाउँन आउदैन मलाई तै नि तिमी छमछमी नाँचन

त्यती पातली त छैनउ हाल्का बोसो लाग्या कम्मर भएनि भाँचन

म परे पछि तिम्रो

तिमी पनि हल्का यता तिर हेरीदेउन

हे, रेला गर्या होइन मैले तिम्रो सबै कुरा म त मानदिउँला

तिम्रो भुपु मायालुले दुःख दिए त्यसलाई घरमै गई हानिदिउँला

खान्छु मात्र भन तिमी होटलमा लगि जे नि खान दिउँला

डोरी भाको blouse लगाउ अनि पछिपछि आई डोरी तान् दिउँला

म परे पछि तिम्रो

तिमी पनि हल्का यता तिर हेरीदेउन

सधै नै पछि तिम्रो

तिमी पनि हल्का यता तिर हेरीदेउन

ए हे, ला ला

ला-ला, ला-ला-ला-ला

हा, हा, हा, हा, हा

ला-ला, ला-ला-ला

आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउछ दिल तोड्दिन

आउला बाधा अर्चन जीन्दगीमा तर कहिले मुख भने मोडदिन

होलान तिमीसंग आफ्नै अतितका कुरा कहिले सोधदिन

मेरो पनि मिलन बिछोडका कथा हामीसंग कहिले जोड दिन

म परे पछि तिम्रो

तिमी पनि हल्का यता तिर हेरीदेउन

सधै नै पछि तिम्रो

तिमी पनि हल्का यता तिर हेरीदेउन

म परे पछि तिम्रो

अब त हल्का यता तिर हेरीदेउन

Nhiều Hơn Từ Neetesh Jung Kunwar

Xem tất cảlogo