एक कुरामा अड्की
दुई आँखा जुधाई
तीन शब्द बोल्न खोज्दा
चार चोटि अड्किएँ म, फेरि
पाँच पटक सम्झाउँदा, माया
छ कि छैन भन्दै
सात सप्तरङ्गी तिम्रै नाम गर्न पुगेछु, माया
माया, माया, hmm
थोरै पर्खिँदै, थोरै ख्याल तिम्रो नै बुन्दै
यो बाटो कहिले आउँछाै भनी कुरेर बसेको छु म
अलि-अलि भए नि तसल्ली त चाहियो नि
भेटिन्छौ कि नाइँ तिम्रो गल्ली वरिपरि हिँड्दा म?
यो मन तिम्रै मन रुचाउँछ
कल्पना बटुल्छ
तर देख्दा तिमीलाई यो मन किन-किन
एक कुरामा अड्की
दुई आँखा जुधाई
तीन शब्द बोल्न खोज्दा
चार चोटि अड्किएँ म, फेरि
पाँच पटक सम्झाउँदा, माया
छ कि छैन भन्दै
सात सप्तरङ्गी तिम्रै नाम गर्न पुगेछु, माया
माया, माया, hmm
महसूस गर्ने गर्छु
आँखा तिम्रा ती मलाई नै खोजिरहेको
थाहा नपाएझैँ लुकाउँछौ किन भनिदेऊ
चाहेको तिमीलाई मैले, मलाई तिमीले
कि तिमी
एक कुरामा अड्की
दुई आँखा जुधाई
तीन शब्द बोल्न खोज्दा
चार चोटि अड्किनू, अनि
पाँच पटक सम्झाउँदा, माया
छ कि छैन भन्दै
सात सप्तरङ्गी मेरै नाम गर्न पुग्नू नि, माया
माया, माया, hmm
माया, माया, माया, hmm