menu-iconlogo
huatong
huatong
avatar

Kina Manchhau Dar

Prabin Bedwal/Samikshya Adhikarihuatong
ortizlohuatong
Lời Bài Hát
Bản Ghi
खोलापारि पिपल, वारि बर, बिचैमा बेनी दोभान

तिमी कहाँको म कहाँको गरौँ न कान्छि चिनजान

बनाउँ एउटै घर (उँ-हुँ), अल्लि वर सर (ओ-हो)

किन मान्छ्यौ डर? कान्छि, किन मान्छ्यौ डर?

दार्जिलिङको बजारमा छुकछुके गुड्यो रेलैको इन्जिन

तिमी कहाँको म कहाँको गरौँ न कान्छा चिनजान

लाग्छ मलाई डर (ओ-हो), अल्लि पर सर (उ-हुँ)

नआऊ वर वर, कान्छा, कसको छ र भर?

नआऊ वर वर, कान्छा, कसको छ र भर?

पानी मागे मोई दिउँला, सानुमाया, दुःख परे सहिदिउँला

तिमी हाँसे हाँस्दिउँला, तिमी रोए रुइदिउँला

बनाउँ एउटै घर (उँ-हुँ), अल्लि वर सर (ओ-हो)

किन मान्छ्यौ डर? कान्छि, किन मान्छ्यौ डर?

किन मान्छ्यौ डर? कान्छि, किन मान्छ्यौ डर?

कति आउँछन्, कति जान्छन्, सुन माया, घरकै बाटो धाउँछन्

कति आउँछन्, कति जान्छन्, सुन माया, घरकै बाटो

तिम्रै लागि मर्छु भन्दै नारा, जुलुस लाउँछन्

लाग्छ मलाई डर (ओ-हो), अल्लि पर सर (उ-हुँ)

नआऊ वर वर, कान्छा, कसको छ र भर?

नआऊ वर वर, कान्छा, कसको छ र भर?

घरको बाटो धाउनेलाई, सानुमाया, ठिकै छ नि, धाउन देऊ

मलाई बाहेक अरूलाई त्यो मुटुमा ठाउँ नदेऊ

बनाउँ एउटै घर (उँ-हुँ), अल्लि वर सर (ओ-हो)

किन मान्छ्यौ डर? कान्छि, किन मान्छ्यौ डर?

किन मान्छ्यौ डर? कान्छि, किन मान्छ्यौ डर?

फुलेको फूल हुँ म, सानुमाया, डर लाग्छ झर्नलाई

कोही हुँदैनन् तयार यहाँ चोखो माया गर्नलाई

बनाउँ एउटै घर (उँ-हुँ), अल्लि वर सर (ओ-हो)

मायाबिना चल्दैन हाम्रो संसार

मायाबिना चल्दैन हाम्रो संसार

Nhiều Hơn Từ Prabin Bedwal/Samikshya Adhikari

Xem tất cảlogo