menu-iconlogo
huatong
huatong
avatar

Tesko Natakai Ho

Tanka timilsinahuatong
siris4huatong
Lời Bài Hát
Bản Ghi
संसद् भङ्ग भएझैँ मेरो माया भङ्ग भो

मायापिरिम मसँग, बिहे अर्कैसँग भो

संसद् भङ्ग भएझैँ मेरो माया भङ्ग भो

मायापिरिम मसँग, बिहे अर्कैसँग भो

मलाई बीचबाटोमै छोड्यौ, किन जीवन अन्तै मोड्यौ?

आफ्नै धड्कन बिर्सियौ, तिम्रो मुटु काठकै हो

माया गर्छु भन्थी (त्यसको नाटकै हो)

सिउँदो भर्छु भन्थी (त्यसको नाटकै हो)

"तिमीबिना म त" (त्यसको नाटकै हो)

"कसम, मर्छु" भन्थी (त्यसको नाटकै हो)

मलाई पनि एउटीले माया गर्छु भन्थी

मीठा-मीठा कुरा गरी नजिक-नजिक बन्थी

कहिले हात काट्थी, कहिले झुन्डी मर्छु भन्थी

सब नाटक रैछ त्यसको, हो-हो

साला नाटकी, रहिछ पातकी

त्यसको नाटकै हो, त्यसको नाटकै हो

मुटु काठकै हो, मुटु काठकै हो

पीडा लिँदै बाँच्याछु, दिलमा तिम्रै फोटो छ

फुल्दाफुल्दै ओइलाउने मेरो भाग्य खोटो छ

पीडा लिँदै बाँच्याछु, दिलमा तिम्रै फोटो छ

फुल्दाफुल्दै ओइलाउने मेरो भाग्य खोटो छ

आखिर एक्लै बनाई छाड्यौ, मलाई रुवाई के उखाड्यौ?

मरेतुल्य पार्दियौ, तिम्रो मुटु काठकै हो

सँगै जिउँला भन्थी (त्यसको नाटकै हो)

"मेरो राजा" भन्थी (त्यसको नाटकै हो)

"मलाई छोडी अन्त" (त्यसको नाटकै हो)

"कतै नजा" भन्थी (त्यसको नाटकै हो)

एक्लो यात्री थिएँ म आफ्नै रङ्गीन संसारको

तिमी आयौ, गइदियौ, पायौ आफ्नै अनुसारको

एक्लो यात्री थिएँ म आफ्नै रङ्गीन संसारको

तिमी आयौ, गइदियौ, पायौ आफ्नै अनुसारको

मेरो हृदयमा बस्यौ, भन, आज कता पस्यौ?

छेपारोझैँ रङ्ग फेर्ने तिम्रो मुटु काठकै हो

"यो मुटुमा तिमी" (त्यसको नाटकै हो)

"अरू लिन्न" भन्थी (त्यसको नाटकै हो)

"तिम्लाई जिन्दगीभर" (त्यसको नाटकै हो)

"चोटै दिन्न" भन्थी (त्यसको नाटकै हो)

दिनकै "रिचार्ज हाल्देऊ" भन्थी, मैले हालिदिन्थेँ

चोभार डाँडा, चन्द्रागिरि सधैँ घुम्न लिन्थेँ

मलाई भन्थी "कालु," त्यो साली रैछे चालु

सब नाटक रैछ त्यसको, हो-हो

साला नाटकी, रहिछ पातकी

त्यसको नाटकै हो, त्यसको नाटकै हो

मुटु काठकै हो, मुटु काठकै हो

सम्झाकी थिइन् आमैले, हेर, मनकी मायालु

कप्टी रहिछौ मनकी, मैले देखेँ दयालु

सम्झाकी थिइन् आमैले, हेर, मनकी मायालु

कप्टी रहिछौ मनकी, मैले देखेँ दयालु

मेरो जीवन बर्बाद पाऱ्यौ, मनको दरबार जलाई छाड्यौ

आफ्नै औकात बिर्सियौ, तिम्रो मुटु काठकै हो

"मेरो हजुर" भन्थी (त्यसको नाटकै हो)

"मेरो प्यारे" भन्थी (त्यसको नाटकै हो)

"सातैजुनीसम्म" (त्यसको नाटकै हो)

"तिमी मेरै" भन्थी (त्यसको नाटकै हो)

दाइ, दाइ (अँ), बाँकी कुरा छन् त यस्तै सुनाउनुस्

बाँकी अर्को पालिमा, भाइ (ओ, ए, ए)

ए साला पापी, हिँड्, हामी जाऊँ

Nhiều Hơn Từ Tanka timilsina

Xem tất cảlogo