menu-iconlogo
huatong
huatong
tara-devi-ukali-orali-haruma-cover-image

Ukali orali haruma

Tara Devihuatong
parata47huatong
Lời Bài Hát
Bản Ghi
रचना:चाँदनी शाह

संगीत:नातिकाजी

स्वोर:तारा देवी

उकाली ओराली हरुमा,

भन्ज्यांग अनि चौतारी हरुमा।

सुन्दर ति, दह हरुमा,

हिमालका विशाल छातीहरुमा।

जहाँ जहाँ जान्छौ तिमी,

म पाईला बनि पछ्याई रहन्छु।

ति छहरा, खोला, खहरेहरुमा,

सम्झना बनि बगिरहन्छु।

उकाली ओराली हरुमा..।

म्युजिक..........

तराईका हरिया फाँटमा,

पहाडका तरेलीहरुमा…

तराईका हरिया फाँटमा,

पहाडका तरेलीहरुमा…

हिमालका सुन्दर अनि विकट ति

बस्ती बस्तिहरुमा..

जहाँ जहाँ जान्छौ तिमी,

म बाटो बनि साथै आईरहन्छु।

ति सुस्केरा,थकाई,सुसेलीहरुमा,

गीत बनि गुन्जिरहन्छु।

उकाली ओराली हरुमा,

म्युजिक.........

मुटु कमाउने जाडो हरुमा,

कपाल दुख्ने गर्मीहरुमा।…

मुटु कमाउने जाडो हरुमा,

कपाल दुख्ने गर्मीहरुमा...

मन हर्ने सुन्दर दृष्य,

शान्त शितल वातावरणमा।

जहाँ जहाँ जान्छौ तिमी,

म आकाश बनि देखिरहन्छु।

ति लेक,बेशी अनि पाखा हरुमा,

पवन बनि भेटिरहन्छु।

उकाली ओराली हरुमा..

धन्येबाद

Nhiều Hơn Từ Tara Devi

Xem tất cảlogo

Bạn Có Thể Thích