menu-iconlogo
huatong
huatong
avatar

Sajha Basma Jo Pani Chadhdachha

Hari Bansa Acharyahuatong
🇳🇵RaMeshStha🇳🇵huatong
歌词
作品
स्वर/संगित/शब्द: हरीबंश आचार्य

UPLOADER: 🌸NTK🎤🌸

साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

---🌸NTK🎤🌸---

सिंगदरबार बस थ्याक्कै रोकियो

एक हुल ओर्ले अर्को हुल उक्लियो

धेरै अनुहार भई हाल्छ हुलमा

सबैजना अ आफ्नै सुरमा

पकेटमार अर्काको गोजिमा

आवारा चै राम्री को खोजिमा

कर्मचारी पिर बोकी छड्केको

ठेकेदारलाई बिल फाइल अड्केको

पत्रकार के लेखुं खोज्दैछ

बेरोजगारी कां जाने सोच्दैछ

हामी पनि हुईकियौ बुईनी साझा बसैमा

हामी पनि हुईकियौ बुईनी साझा बसैमा

साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

---🌸NTK🎤🌸---

मान्छे राख्यो सिन्के झै कोचेर

बलियो छिर्छ कुइनोले घोचेर

केटाकेटी आथ्था र अईया

खैनी मोल्छ बिदेसी भईया

दमको रोग छ त्यो बुढी मुमाको

बादल लाग्यो सिगरेटको धुंवाको

निरास बाजे बेस्कन कराउछ

लोकल ठर्रा ठस्ठ्यासी गनाउछ

लास्ट सिटमा मायाका एक जोडी

रिंगरोड घुमे नओर्ली तिनचोटी

हामी पनि हुईकियौ बुईनी साझा बसैमा

हामी पनि हुईकियौ बुईनी साझा बसैमा

साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

---🌸NTK🎤🌸---

नेपाल बन्द साझा बस गुड्दछ

ठुल्कान्छोले ढुँगाले हान्दछ

सिसा फुट्छ झर्याम्मझुरुम्म

जापानिज ऋण नेपाली करिम

आठ दश बर्ष मात्रनै अगाडी

बसमा झुण्डी हिड्दथ्यो पछाडी

ठुल्कान्छो त पुल्टिक्समा पसेछ

चिल्लो गाडी बिल्डिंगमा बसेछ

पाँच बर्षमा भोट माग्न आउँदछ

चुनाव जिती चार बर्ष भाग्दछ

हामी पनि हुईकियौ बुईनी साझा बसैमा

हामी पनि हुईकियौ बुईनी साझा बसैमा

साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

किलिन्डरले दुई रुप्यांको टिकट काट्दछ

🌸NTK🎤🌸

✿✿✿THANK YOU✿✿✿

更多Hari Bansa Acharya热歌

查看全部logo

猜你喜欢