menu-iconlogo
huatong
huatong
avatar

Jun Haina Ful Haina Jun Tipi Diun ki

Mahesh Kafle/Asmita Adhikarihuatong
plynns7huatong
歌词
作品
तिमीलाई आकाशैको जून टिपी दिऊँ कि?

सिरैमा सजाउन फूल टिपी दिऊँ कि?

जून हैन, फूल हैन, माया दिए पुग्छ

घामैले पोल्दा मलाई छाया दिए पुग्छ

तिमीलाई आकाशैको जून टिपी दिऊँ कि?

लैबरी लैलै, लैबरी लै

मै आउँछु भेट्नलाई, पर्खिनू है

लैबरी लैलै, लैबरी लै

मै आउँछु भेट्नलाई, पर्खिनू है

झम्के साँझ परेसी देउरालीमा आऊ है

सुहाउँछ तिमीलाई, गाजल-टिकी लाऊ है

भो, धेरै नफुर्काऊ, बुझेको छु, काले

सपना, बिपना तिम्रै देख्न थालेँ

तिमीलाई हातमा लाउन सुनको बाला दिऊँ कि?

गलामा सजाउन मोतीमाला दिऊँ कि?

झरीले रुझाउँदा छाता दिए पुग्छ

यो जुनी सँगै काट्ने नाता दिए पुग्छ

तिमीलाई आकाशैको जून टिपी दिऊँ कि?

तिम्रो रूप देखेर जूनले डाहा गर्छ

बोलेको सुनेर कोइली मक्ख पर्छ

चेपारो नघस, मलाई सरम लाग्छ

छेउमा आई नबस, मनमा चाहा जाग्छ

तिमीलाई आकाशैको जून टिपी दिऊँ कि?

सिरैमा सजाउन फूल टिपी दिऊँ कि?

जून हैन, फूल हैन, माया दिए पुग्छ

घामैले पोल्दा मलाई छाया दिए पुग्छ

तिमीलाई आकाशैको जून टिपी दिऊँ कि?

लैबरी लैलै, लैबरी लै

मै आउँछु भेट्नलाई, पर्खिनू है

लैबरी लैलै, लैबरी लै

मै आउँछु भेट्नलाई, पर्खिनू है

更多Mahesh Kafle/Asmita Adhikari热歌

查看全部logo

猜你喜欢