menu-iconlogo
huatong
huatong
avatar

Kanchi he Kanchi

Prakash Shrestha/Bimala Raihuatong
rolf_dauerhuatong
歌词
作品
हे मर्दाले आटे नि बर्ष दिन भन्छन्

आइमाइले आटे नि एकैछिन् रे

म धाउन लागेको दुई बर्ष पुग्यो नि

तिमीले आट्ने कुन दिन रे

कान्छी हे कान्छी

कान्छी हे कान्छी

कान्छी को हित बोलन

हे मनको कुरा खोलन

म मादल घन घन घन्काउला

तिमि जुनेली जस्तै नाचन

कान्छा हो कान्छा

यो मन मेरो कहाँ मान्छ कि

हे भुरुरु उडेर जान्छ नि

जहाँ आफनै हितको मायाँ छ

त्यही तानी तानी लान्छ नि

निधाउरो किन आजको दिन

बिरह गाउनु हुँदैन

परदेशी सित बिर्सेर पनि

पिरती लाउनु हुदैन

सुरीलो रुखको कुरिलो हाँगा

टुप्पैमा पात छैन

भोकलाई भोजन निन्द्रालाई ओछ्यान

पिरतीलाइ जात छैन

भरेर मायाँ लाइन्न

जोखेर मायाँ पाइन्न

आँखाले हेर्यो मनले बेर्यो

मायाँको घेरो कान्छी

कान्छी हे कान्छी

हे कान्छीको हित बोलन

हे मनको कुरा खोलन

म मादल घन घन घन्काउला

तिमि जुरेली जस्तै नाचन

कान्छा हो कान्छा

यो मन मेरो कहाँ मान्छ कि

हे भुरुरु उडेर जान्छ नि

जहाँ आफनै हितको मायाँ छ

त्यही तानी तानी लान्छ नि

मनमा भए भनन कान्छी

मन परे कसले देख्छ र

खाने र मुखलाई जुँगाले कान्छी

कहिले पो नि छेक्छ र

कर्म त लेख्यो खरिले कान्छा

लाएर मायाँ लाइन्न

लेखेको मात्र पाइन्छ कान्छा

देखेर त पाइन्न

ढुङ्गा पनि रसौला

ज्यान फुल पनि बसाँउला

मुटु नै चिरी दिउला है कान्छी

मै मारी जाउँला कान्छी

कान्छी हे कान्छी

कान्छी को हित बोलन

हे मनको कुरा खोलन

म मादल घन घन घन्काउला

तिमि जुनेली जस्तै नाचन

कान्छा हो कान्छा

यो मन मेरो कहाँ मान्छ कि

हे भुरुरु उडेर जान्छ नि

जहाँ आफनै हितको मायाँ छ

त्यही तानी तानी लान्छ नि

कान्छी हे कान्छी

कान्छा हो कान्छा

कान्छी हे कान्छी

कान्छा हो कान्छा

कान्छी हे कान्छी

कान्छा हो कान्छा

更多Prakash Shrestha/Bimala Rai热歌

查看全部logo

猜你喜欢