menu-iconlogo
huatong
huatong
avatar

Piratiko Mitho Tirsana (From "Bir Bikram 2")

Melina Rai/Tara Prakash Limbu/Ranjeet Gajmerhuatong
mustangs63_24huatong
歌詞
作品
हुँदैन, रेलिमै, चट्ट टिप्न

हुँदैन, रेलिमै, माया बिर्सन

पिरतीको मीठो तिर्सना, हो-हो

सकिँदैन चट्ट मेट्न

पहिलो वसन्तको नयाँ कोपिला

मन लाग्यो चट्ट टिप्न, हो-हो

पिरतीको मीठो तिर्सना, हो-हो

सकिँदैन चट्ट बिर्सन

पहिलो वसन्तको नयाँ कोपिला

हुँदैन है चट्ट टिप्न, हो-हो

पिरतीको मीठो तिर्सना...

(पिरतीको मीठो तिर्सना)

(पिरतीको मीठो तिर्सना)

टिप्नैपर्छ सुन्दर फूल, नटिपे है ओइली झर्छ

टिप्नैपर्छ सुन्दर फूल, नटिपे है ओइली झर्छ

टिपेर के होला? बतासैमा उडिजाला

पहिलो वसन्तको नयाँ कोपिला

हुँदैन है चट्ट टिप्न, लै-लै

पिरतीको मीठो तिर्सना...

(पिरतीको)

आयो कोही खेलैखेलमा, मन बस्यो अनजानैमा

आयो कोही खेलैखेलमा, मन बस्यो अनजानैमा

दुई दिनमा यो के भयो? सँगै बाँच्ने कसम दियो

नचिन्ने मान्छेलाई मन दिन नहुने

गाउँघरै चट्ट बिर्सन, लै-लै

पिरतीको मीठो तिर्सना...

हुँदैन, रेलिमै, चट्ट टिप्न

हुँदैन, रेलिमै, माया बिर्सन

यस्तै होला माया भन्ने, मीठो-मीठो काँडा बिज्ने

यस्तै होला माया भन्ने, मीठो-मीठो काँडा बिज्ने

भन्नु-भन्न कसरी भनूँ? कति गाँठो बाँधिराखूँ?

पहिलो मायाको नयाँ ढुकढुकी

सकिँदैन चट्ट बिर्सन, हो-हो

पिरतीको मीठो तिर्सना...

(पिरतीको मीठो तिर्सना)

(पिरतीको मीठो तिर्सना)

हुँदैन, रेलिमै, चट्ट टिप्न

हुँदैन, रेलिमै, माया बिर्सन

更多Melina Rai/Tara Prakash Limbu/Ranjeet Gajmer熱歌

查看全部logo

猜你喜歡