menu-iconlogo
huatong
huatong
歌詞
作品
हिजोआज के हुँदै छ यो

कल्पना म गर्न सक्दिन

सपना हो कि बिपना हो यो?

जे भए नि बुझ्न सक्दिन

मेरो मन मसँग भाग्दै छ

नयाँ प्रीत ऊसँग साट्दै छ

सपना उसैको गाँस्दै छ

नयाँ माया लाउँदै छ

मेरो मन मसँग भाग्दै छ

नयाँ प्रीत ऊसँग साट्दै छ

सपना उसैको गाँस्दै छ

नयाँ माया लाउँदै छ

शायद यो माया पो हो कि

शायद यो माया बस्यो कि

शायद यो माया पो हो कि

जे होस्, मलाई राम्रो लाग्दै छ

Mmm, जे होस्, मलाई राम्रो लाग्दै छ

साँच्चिकै नि हो कि यो सब भनी सोचिरहन्छु म

हराइराछु आफै तर किन तिमीलाई नै खोजिरहन्छु म?

भन, मायालु, होशमा नै हुँदा पनि किन यसै बेहोशिरहन्छु म

लाखौँ, हजारौँको थाहा छैन, तिमीलाई नै रोजिरहन्छु म

ब्रह्माण्ड मेरो सारा तिम्रो नै वरिपरि बस्ने पो हो कि?

नक्षत्रका तारा तिम्रो नै सिउँदोभरि खस्ने पो हो कि?

तर शायद यो माया पो हो कि

शायद यो माय बस्यो कि

शायद यो माया पो हो कि

जे होस्, मलाई राम्रो लाग्दै छ

Mmm, जे होस्, मलाई राम्रो लाग्दै छ

मेरो मन मसँग भाग्दै छ (मसँग भाग्दै छ)

नयाँ प्रीत ऊसँग साट्दै छ (ऊसँग साट्दै छ)

सपना उसैको गाँस्दै छ

नयाँ माया लाउँदै छ

मेरो, मसँग भाग्दै छ

नयाँ प्रीत ऊसँग साट्दै छ

सपना उसैको गाँस्दै छ

नयाँ माया लाउँदै छ