केही मिठो बात गर, रात त्यसै ढल्किदै छ
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ
भरे फेरी एकान्तमा, रुनु त छदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ
रमाईलो कुरा गर, सपनाको कुरा गर
रमाईलो कुरा गर, सपनाको कुरा गर
संगसंगै बिताएको, सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुख छोड, दुखलाई त, जिन्दगानी छदैछ
भरे फेरी एकान्तमा, रुनु त छदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ
आऊ नाचौं अँध्यारोमा जुनकिरी नाँचे जस्तै
आऊ नाचौं अँध्यारोमा जुनकिरी नाँचे जस्तै
बतासमा उडौ आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ, छुट्टिनु त छदैछ
भरे फेरी एकान्तमा, रुनु त छदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ