menu-iconlogo
huatong
huatong
avatar

Hamro Nepalma

Neetesh Jung Kunwarhuatong
shershhuatong
Lirik
Rekaman
घरआगन अनि साथीभाई

दर्शन नमस्ते है सबैलाई

सुखदुःख भन्नु यस्तै रैछ

को आफ्नो विदेशमा? को पराई?

ठूला शहर यहाँ, बेग्लै सोचाई

आइपुगें म पनि, केहि गर्नलाई

सबैलाई सम्झना, मनबाट नै

आशा छ माया यो, नमरोस है

मेरो तन, अहिले यहाँ भएनी

मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा

हाम्रो नेपालमा

मन थिएन, यहाँ आउनलाई

मरिमेटी, धन कमाउनलाई

के गर्नु देशभरी, बेरोजगारी

थाम्न सकिएन, ऋणको भारी

आमा मेरी, तिमी क्षितिज पारी

याद आउँछ झलझली, मुटुभरी

बाबा र बहिनीलाई, ठिकै छ नि?

सम्झन्छन होला नि, मलाई पनि

मेरो तन, अहिले यहाँ भएनी

मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा

हाम्रो नेपालमा

माया मेरी तिमी, नरुनु है

आउने छु म, अलि पर्खनु है

जिन्दगीमा मेरो तिमी बाहेक

कोही छैन, चित्त नदुखाउनु है

सन्चै छु म, पिर नलिनु है

समयले कहाँ पुर्याई दियो, खै?

मेरो तन, अहिले यहाँ भएनी

मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा

हाम्रो नेपालमा

हो-अो, मेरो तन, अहिले यहाँ भएनी

मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा

प्यारो नेपालमा

Selengkapnya dari Neetesh Jung Kunwar

Lihat semualogo