menu-iconlogo
logo

Jahile Samma Sansar Ma

logo
가사
जहिलेसम्म संसारमा रहन्छन् घाम, जुन, तारा

तिम्रै प्रियसी म सदा

बोकेर मुटुमा माया, सधैँ म तिम्रै छाया

मेटिदैन यो तिर्सना

तिमी जीवनमा साथ देऊ या नदेऊ

फेरि पनि म पर्खी बस्छु

तिमी सदा मेरै हौ

जहिलेसम्म संसारमा रहन्छन् घाम, जुन, तारा

तिम्रै प्रियसी म सदा

तिम्रो लागि मेरो की मेरो लागि तिम्रो यो जन्म?

थाहा छैन

कति मायाले तिमीलाई आफ्नो पार्न सक्छु?

त्यो पनि थाहा छैन

तिमीलाई थाहा छ भने मायालु

भनिदेऊ यो मन मान्दैन

अब कसो गरुँ?

जहिलेसम्म संसारमा रहन्छन् घाम, जुन, तारा

तिम्रै प्रियसी म सदा

टाढा-टाढा, धेरै टाढा भएपनि त्यो जुन धेरै मनपर्छ

मायालु, तिमी त मेरै हृदयमा छौ त्यही पनि डर लाग्छ

माया गर्नु नै भूल होकी, मायालु?

तिमीबिना यो मन मान्दैन

अब कसो गरुँ?

जहिलेसम्म संसारमा रहन्छन् घाम, जुन, तारा

तिम्रै प्रियसी म सदा