सुनसान रातमा
यो मेरो आत्मा
चसक्क बिझेको मायालु,
तिम्लाई नै सम्झी
म रुँदा रुँदा
सिरानी भिजेको
सुनसान रातमा, यो मेरो आत्मा
चसक्क बिझेको, मायालु
तिम्लाई नै सम्झी
म रुँदा रुँदा, सिरानी भिजेको
तिमीलाई केही थाहा छैन
भन्नु पो भाछैन
तिम्लाई पो थाहा छैन
भन्नु पो भाछैन
तिमी उता, म यता साइँली
मन सञ्चो कहाँ छ र
तिमी उता, म यता साइँली,
मन सञ्चो कहाँ छ र
भोक, निद्रा लाछैन
के भा हो थाहा छैन
भोक, निद्रा लाछैन,
के भा हो थाहा छैन
जून, तारा हेर्दै
अंगालो भित्र
हराउनै बाँकी छ
मायालु
मायाको अमृत
पिएर प्रिय
रमाउनै बाँकी छ
भेट कहिले हुने हो
भन्दै मन आत्तिन्छ
भेट कहिले हुने हो
भन्दै मन आत्तिन्छ
तिमी उता, म यता साइँली,
मन सञ्चो कहाँ छ र?
तिमी उता, म यता साइँला,
मन सञ्चो कहाँ छ र?
भोक, निद्रा लाछैन,
के भा हो थाहा छैन
भोक, निद्रा लाछैन,
के भा हो थाहा छैन