नाघिनीको रूप तिम्रो, बाघिनीको चाल
ओ-हो-हो, नाघिनीको रूप तिम्रो, बाघिनीको चाल
लुकीलुकी नहान न, लुकीलुकी नहान न नजरैको भाला
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि

हो-हो, हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
टलटल टल्केका दन्त हुन् कि मोती?
हो, टलटल टल्केका दन्त हुन् कि मोती?
तिम्ले पनि फर्कीफर्की, तिम्ले पनि फर्कीफर्की हेर्यौ धेरै चोटि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हो-हो, हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
गजलकारले गजलैमा वर्णन गरेजस्ती
आ-हा-हा, गजलकारले गजलैमा वर्णन गरेजस्ती
भर्खरभर्खर स्वर्गबाट, भर्खरभर्खर स्वर्गबाट धर्ती झरेजस्ती
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)

कलधाराको चिसो पानी, प्यास मेटम कि भरम?
लै-लै-लै, कलधाराको चिसो पानी, प्यास मेटम कि भरम?
ढुकढुकीले चालै फेर्यो, ढुकढुकीले चालै फेर्यो, कसो गरम गरम?
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
कस्तुरीकै बास्नाजस्तो लोभ्याउने मुस्कान
आ-हा-हा, कस्तुरीकै बास्ना जस्तो लोभ्याउने मुस्कान
तिम्रो बोली सुनेपछि पर्दैन juice खान
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
कसी लाउन पर्दैन नि अकबरी सुनलाई
हो, कसी लाउन पर्दैन नि अकबरी सुनलाई
मेरो मनमा आगो बल्यो, मेरो मनमा आगो बल्यो, के भो कुन्नि उनलाई?
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
मिर्मिरे आँखा तिम्रा, ललिते छ भाका
ओ-हो-हो, मिर्मिरे आँखा तिम्रा, ललिते छ भाका
दाग लाग्ला जवानीमा, दाग लाग्ला जवानीमा, जोगाएर राख
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
नजरैको करौँतीले मुटु रेटेपछि
लै-लै-लै, नजरैको करौँतीले मुटु रेटेपछि
जिन्दगीको मतलब बुझेँ, जिन्दगीको मतलब बुझेँ तिम्लाई भेटेपछि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
तिम्लाई हेरी पूर्णिमाको चन्द्रमा नि चुप छ
ओ, तिम्लाई हेरी पूर्णिमाको चन्द्रमा नि चुप छ
जे लाए नि सुहाउने, जे लाए नि सुहाउने कति राम्रो रूप छ
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि (हो-हो)
हाँसीहाँसी मायाले मेरो मन चोर्यौ नि एक्कासि
मन परेको मान्छेको त सबै राम्रो लाउनि
हो, मन परेको मान्छेको त सबै राम्रो लाउनी
कैले होला तिमी र म, कैले होला तिमी र म सँगै हुन पाउनी?