menu-iconlogo
huatong
huatong
avatar

Aashaa (II)

Bartika Eam Raihuatong
mrrobinson1338huatong
بول
ریکارڈنگز
भन्छौ, "चाहेर त होइन, यस्तै-यस्तै भयो नि"

चाहना त छन् तिम्रै हातमा

सोध्छाै किन प्रतिक्रिया मेरो यस्तै सधैँ हो

तिमीले भनेजस्तो, शायद चाहेर त होइन

बोल्नेजति बोलिदियौ, सबै शब्दहरू त

आखिरमा भएभरका तिम्रै रहेछन्

आशा न चाहना मेरो, नाम केही रहेन

मुटु एक्लै शायद तिम्रै ढुकढुकिँदो हो

चुपचाप नै म रहन्छु

शायद यति नै होला मेरो भाग

अथाहै तर शून्यता पनि

कहिले गरिदिएछु तिम्रै नाम

बेमतलब भावनाहरूले भारी यो डुङ्गा

यता न उता, किनाराबाट हेर्नु न छ

के पाउनु समेटी? के पाउनु मेटेर?

ए जिन्दगी! तँलाई जटिलता नपुगेजस्तो अझै थप्नुपर्ने

कस्तो हाम्रो आवश्यकता?

चुपचाप नै म रहन्छु

शायद यति नै होला मेरो भाग

अथाहै तर शून्यता पनि

कहिले गरिदिएछु तिम्रै नाम

हावा लहराउँछ मन्द-मन्द

कानेखुसी गरिरहेको हेर

तिमी र म टाढा

आशाले लोलाएको छ

सपनाले झुलाएको छ

हावा लहराउँछ मन्द-मन्द

कानेखुसी गरिरहेको हेर

तिमी र म टाढा

आशाले लोलाएको छ

सपनाले झुलाएको छ

Bartika Eam Rai کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے

Aashaa (II) بذریعہ Bartika Eam Rai - بول اور کور