️ ️ ️
ओइ.... कोरोनाले लग्यो
बरै! पल्लाघरे हरिलाई
पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्ने बरि लै!
(मरेपछि रिपोर्ट आयो क्यार्ने बरि लै!)२
ओइ बेसार... सत्यताको दवाई के छ र?
बेसार... विवशताको दवाई के छ र?
️ ️ ️
ओइ... ह्वाइट वडि नि
पच्यो यहाँ३३ किलो पचाइयो
३३ किलो पचाइयो
भित्र भित्रै अपराधीलाई किन बचाइयो
(भित्र भित्रै अपराधीलाई किन बचाइयो)२
ओइ.. बेसार भ्रष्टाचारको दवाई के छ र?
बेसार राष्ट्रघातको दवाई के छ र?
️ ️
ओइ.. कहिले नाका लगाई
दिन्छ कहिले मिच्छ सिमाना
मिच्छ सिमाना
नजिकैको छिमेकीको छैन इमान
(नजिकैको छिमेकीको छैन इमान)२
ओइ... बेसार विस्तारवादको दवाइ के छ र?
बेसार... मिचाहाको दवाई के छ र?
️ ️
ओइ... क्वारेन्टाइनमा
पिपाशुले बलात्कार गरेछन्
बलात्कार गरेछन्
कोरोनाले मार्नु भन्दा पैले मरेछन्
(कोरोनाले मार्नु भन्दा पहिले मरेछन्)२
ओइ.. बेसार... अपराधीको दवाई के छ र?
बेसार.. बलात्कारको दवाई के छ र?it
रुकुम तिर प्रेम मर्यो
किन मर्यो थाहा होला
किन मर्यो थाहा होला
सामन्तको विरोध गर्ने कामरेड काँ होला
(सामन्तको विरोध गर्ने कामरेड काँ होला)२
बेसार... जातिवादको दवाई के छ र?
बेसार भेदभावको दवाई के छ र?