नमस्कार,
नेपाली हामी ….
रहौला कहाँ….
नेपालै नरहे….
नेपालै नरहे….
नेपाली हामी रहौला कहाँ, नेपालै नरहे, नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे ।
हिमालै नरहे, ।
तराई हाम्रो सुनका टुक्रा, हिमाल हिराको
माटो र पानी पहेँलो धान, धर्तीका छोराको
ये कहाँबाट संसार हेर्छौ, सम्झनै नरहे ।
सम्झनै नरहे, सम्झनै नरहे ।
दशै र तिहार रमाईलो हाम्रो, चुट्का र ख्यालीले
र्हिदय हाम्रो जुरमुराउछ, जीतको ज्यालीले
बैंशको तालमा नाचौला काहा मादलै नरहे ।
मादलै नरहे, मादलै नरहे ।
ये कति राम्रो बिहानी पख, घामको रेखी हो
सभ्यता पहिलो संसारमा फैल्यो, हिमाल देखी हो
बिउँझउला काहा पुर्बको पहिलो, उज्यालै नरहे ।
उज्यालै नरहे, उज्यालै नरहे ।
नेपाली हामी रहौला कहाँ, नेपालै नरहे, नेपालै नरहे